Saturday, September 24, 2011

रमेश खरेल जता जता सरुवा हुन्छन...........

रमेश खरेल जता जता सरुवा हुन्छन, त्यो ठाउँमा सुशासन भएको पायीएको छ। अहिले उनी पर्साका एसपी छन। तर गृहमन्त्री बिजय कुमार गछयादारले आफ्नो नातेदार एसपी दिलीप चौधरीलाई त्यहा सरुवा गरेर, रमेश खरेललाई त्यहा बाट पनि निकाल्न लागेका छन भन्ने हल्ला आएको छ। चोरी पैठारीमा संलग्न समूह दसैंका लागि तस्करीको लाइनको तयारी गर्न थालेका छन् । खरेललाई बिदा गरी दसैंको बेला लाइन मिलाउन सके करोडौं कमाइ हुने आसमा संगठित समूह सक्रिय छन् । उनको सरुवाको हल्लाले राजनीतिक दलका अधिकांश स्थानीय नेता, चोरी पैठारी/निकासीमा संलग्न व्यवसायीमा खुसीको सञ्चार ल्याएको छ । दैनिक उपभोग्य वस्तुको अत्यधिक माग हुने दसैँदेखि छठको अवधि चोरी पैठारी गर्नेले उच्च कमाई गर्ने बेला हो । यसैले दसैंअघि नै उनलाई बिदा गराउने प्रयास दलका स्थानीय नेता र अवैध व्यवसायी समूहले गरिरहेको छ । खरेललाई बिदा गर्न ५ करोड रुपैयाँ संकलन गरी राजधानीमा डेरा जमाएर बसेको समूह उनको सरुवाका लागि लविङ गरिरहेको सम्बद्ध स्रोतले बताएको छ । तर गृह मन्त्रालयबाट यत्तिकै सरुवा गर्दा विवादमा परिने भन्दै दसैंअघि बढुवा गरी वीरगन्जबाट हटाउने आश्वासन पाएको सम्बद्ध स्रोतले बताएको छ । के हामी जनता यस्तो कुक्रित्यलाई हेरेरै बस्ने हो त? खोइ हामीले रमेश खरेल जस्ले काठमाडौं देखी हरेक ठाउमा असल कार्य गरेर चोर, घुस्याहा, डाँका देखी नेताहरुका तारो बनेका उनलाई साथ दिन सकेको? रमेश खरेलको साथमा Uniting Nepal छ र हामी उनी माथि हुने हरेक ज्यादातीको खुलेर बिरोध गर्ने छौ। के तपाईंहरु हाम्रो साथमा हुनु हुन्छ? खबरदार गृहमन्त्री बिजय कुमार गछयादारज्यु, जनताको मौनताको धेरै फाईदा लिन नखोज्नुस्। राम्रो काम गर्नुस् र सम्मान बटुल्नुस्, नत्र जनकार्बाहीमा पर्नु होला। प्रधानमन्त्रीले गृहमन्त्री पद बाल्मिकी बन्ने मौका दिएका हुन, उही पहिले कै ... जस्तो बन्नको लागि होइन।

1 comment: